न्यूनतम तापक्रम बढ्यो, तर पनि चिसो धेरै

 पुस ३, २०७५ मंगलबार ९:१०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

मंगलबार काठमाडौंको न्युनतम तापक्रम बढेको छ । सोमबार यो वर्षकै सबैभन्दा कम २.५ डिग्रीमा झरेको काठमाडौंको मंगलबार बिहानको न्यूनतम तापक्रम बढेर ७ डिग्रीमा पुगेको जल तथा मौसम पूवार्नुमान महाशाखाले जनाएको छ । 

न्युनतम तापक्रम बढेपनि चिसो धेरै छ । सोमबार पनि दिनभर घाम नलागेको र मंगलबार पनि दिनभर घाम नलाग्ने भएकोले चिसो भने बढ्दै जाने मौसम गंगा नगरकोटीले जानकारी दिनुभयो ।

सोमबार बादलले आकाश ढाकेकोले मंगलबार न्युनतम तापक्रम बढेको हो । मौसमविद् नगरकोटीले भन्नुभयो ‘न्यूनतम तापक्रम बढेपनि मंगलबार अधिकतम तापक्रम केही मात्रामा घटेको छ । यसले गर्दा बढी चिसो हुन्छ ।’

मंगलबार पूर्व र मध्य क्षेत्रको केही ठाउँमा पानी पर्ने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने मौसमविद् नगरकोटीले बताउनुभयो । जुम्लाको तापक्रम सोमबार माइनस ६ डिग्री सेल्सियस पुगेको थियो । यस्तै जीरीको माइनस २ दशमलव ५ र जोमसोमको १ डिग्री मापन गरिएको छ । बादल लागेकाले देशभर चिसो बढेको छ । 

याे पनि पढ्नुहाेस् । 

किन धुम्मियो आकाश ?
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया