न्यूजील्याण्डविरुद्धको पहिलो टेस्ट जोगाउन संघर्षरत श्रीलंका

 पुस ३, २०७५ मंगलबार ११:३४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

न्यूजील्याण्डविरुद्धको पहिलो टेस्ट जोगाउन श्रीलंका संघर्षरत रहेको छ । न्यूजिल्याण्डले पहिलो पारीमा ५७८ रन बनाएको थियो ।

त्यसपछि पहिलो पारिमा २८२ रन बनाउँदै अल आउट भएपछि फ्लोअनमा परेको श्रीलंकाले दोस्रो पारि सुरु गरेको थियो । तेस्रो दिन व्याटिङ सुरु गरेको श्रीलंकाले चौथो दिनको खेल सकिँदा ३ विकेट गुमाएर २५९ रन बनाएको छ । 

१३ रन बनाउँदा ३ विकेट गुमाएको श्रीलंकाले चौथो दिनको खेलमा भने विकेट बचाउन सफल भयो । अझै श्रीलंकालाई न्यूजील्याण्डले पहिलो पारिमा बनाएको रन बराबरी गर्न  ३७ रनको आवश्यकता छ भने उसका ७ विकेट सुरक्षित रहेका छन् ।

चौथो दिनको खेलमा श्रीलंकाका दुुवैजना व्याट्सम्यानले शतक प्रहार गरे । एन्जेलो म्याथ्यूज ११७ तथा कुसल मेन्डिस ११६ रनमा नट आउट रहेका छन् । उनीहरुलेनै भोलि पाँचौ दिनको खेल सुरु गर्ने छन् । 

भोलि दिनभर श्रीलंकाले व्याटिङ गरेमा पहिलो टेस्ट ‘ड्र’ हुने छ । तर श्रीलंकालाई अल आउट गर्न सकेमा न्यूजील्याण्डलाई जित्ने अवसर पनि उत्तिकै रहने छ ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया