दिशा पाटानीलाई पन्छाउँदै ‘बागी ३’ मा टाइगरको जोडी सारा अली खान

 पुस ३, २०७५ मंगलबार ११:४७:४ | एजेन्सी
unn.prixa.net

फिल्म ‘केदारनाथ’मार्फत बलिउड डेब्यू गरेसँगै अभिनेत्री सारा अली खानलाई एकपछि अर्को गर्दै फिल्ममा काम गर्ने अवसरहरु आइरहेका छन् । उनको पहिलो फिल्म ‘केदारनाथ’ प्रदर्शन भइरहेको छ भने उनी अभिनय गरेको दोस्रो फिल्म ‘सिम्बा’ यही डिसेम्बर २८ मा प्रदर्शको तयारीमा रहेको छ । यस फिल्ममा अभिनेत्री सारा रणवीर सिंहको जोडीको रुपमा रहेकी छिन् । 

यस फिल्म बाहेक सारा अली खानले अभिनेता कार्तिक आर्यनको अपोजिटमा एक अर्को फिल्मसमेत साइन गरिसकेकी छिन् । यसका साथै अहिले सार्वजनिक खबरहरुका अनुसार सारा चौथो फिल्म ‘बागी ३’ मा टाइगर श्राफको जोडीको रुपमा आउन सक्ने बताइएको छ । 

साजिद नाडियाडवालाको निर्माणमा बन्ने फिल्म ‘बागी’ को तेस्रो सिरीजमा अभिनेता टाइगर श्राफ र साराको रोमान्स देख्न सकिने बताइएको छ । फिल्म ‘बागी २’ मा अभिनेता टाइगर श्राफकी प्रेमिका दिशा पाटनी रहेकी थिइन् तर ‘बागी ३’ बाट दिशा पाटनी बाहिरिएकी छिन् भने साराले अभिनय गर्ने मौका पाएकीे छिन् ।  ‘बागी’ को पहिलो पार्टमा अभिनेत्री श्रद्धा कपूर टाइगरको जोडीको रुपमा थिइन् ।  
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया