पेस्तोलसहित पक्राउ परेका मिजार सार्वजनिक

 पुस ३, २०७५ मंगलबार १२:२२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ – पेस्तोलसहित पक्राउ परेका प्यारु मिजारलाई जिल्ला प्रहरी कार्यालयले मंगलबार बिहान सार्वजनिक गरेको छ । आइतबार पोस्तोलसहित रंगे हात पक्राउ परेका बझाङ जिल्लाको थलारा गाँउपालिका वडा नम्बर ६ पिखेत नुवाघरका अन्दाजी ५७ वर्षीय प्यारु मिजार लाई सार्वजनिक रएिको हो । 

केही समय अघि भारतबाट आँउदा पेस्तोल ल्याएको भन्ने हल्ला पाए पछि प्रहरी आइतबार मिजारको घरमा छापा हान्दा पेस्तोलसहीत पक्राउ परेको प्रहरी नायब उपरीक्षक प्रविण धितालले बताउनुभयो । 

प्रहरी घरमा छापा हान्दा आफ्नो घरको दोस्रो तलामा आफू सुत्ने कोठाको पूर्वपट्टीको भित्तामा सामान राख्न बनाइएको र्याकमा लुकाई छिपाई राखेको अवस्थामा कम्पनीको नाम, नम्बर नखुलेको कालो रंगको ९ इन्च  लम्बाई भएको पेस्तोलको ग्रीपबाट ५ इन्च उचाइ भएको पेस्तोल फेला परेको डीएसपी प्रविण धितालले बताउनुभयो । 

साथै मिजारको साथ बाट २ राउन्ड कार्टीज सहीत बरामत गरउिको जनाईएको छ ।  घरबाट पेस्तोल लुकाइ राखेको विशेष सूचनाका आधारमा प्रहरीले आइतबार उनलाई पक्राउ गरेको थियो ।

पेस्तोल सहित पक्राउ परेको मिजारबारे थप अनुसन्धान भइरहेकोे डीएसपी धितालले बताउनु भएको छ । मजिारलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइ रहेको छ ।  
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया