माेटरसाइकल दुर्घटनामा घाइते भएका व्यक्तिकाे साथबाट लागूऔषध भेटियो

 पुस ३, २०७५ मंगलबार १३:३२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – मोटरसाइकल दुर्घटनामा घाइते भएका व्यक्तिको साथमा लागूऔषध फेला परेको छ । राप्ती पोलिक्लिनिक भालुबाङ्गमा उपचार गराइरहेका घाइते व्यक्तिको साथबाट लागूऔषध फेला परेको हो । 

सोमबार राति राप्ती गाउँपालिका वडा नं २ मा भालुवाङ्गबाट प्यूठान जाँदै गरेको रा १ प ८८७६ नम्बरको मोटरसाइकललाई  नम्बर नखुलेको पिकअप भ्यानले ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक प्यूठान नगरपालिका वडा नं २ विजयनगर निवासी २४ वर्षीय ललितजंग विष्टको साथबाट दुई पत्ता ३० ट्याब्लेट नाइट्रोजेपाम नाम गरेको लागूऔषध फेला परेको ईलाका प्रहरी कार्यालय भालुवाङ्गले जनाएको छ । 

राप्ती पोलिक्लिनिकमा उपचार पश्चात् मोटरसाइकल चालक विष्टसहित मोटरसाइकलमा सवार प्यूठान नगरपालिका वडा नं। ३ चितिखोला निवासी २२ वर्षीय किरण विष्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया