‘मनिकर्णिका’ मा अंकितालाई देख्दा सुशान्तले प्रशंसा गरे तर अंकिताले गरिन् बेवास्ता

 पुस ३, २०७५ मंगलबार १३:३९:२० | एजेन्सी
unn.prixa.net

फिल्म ‘मनिकर्णिका’ को टिजर र विभिन्न पोस्टरहरु सार्वजनिक भइसकेका छन् । यस फिल्ममा अभिनेत्री कंगना रनावत झाँसीकी रानी लक्ष्मी बाईको भूमिकामा देखिएकी छिन् भने यसै फिल्मबाट टेलिभिजकी अभिनेत्री अंकिता लोखण्डे पनि डेब्यू गरिरहेकी छिन् । यस फिल्ममा अभिनेत्री अंकिता लोखण्डे झलकारी बाईको भूमिकामा छिन् ।  

हालै अंकिता लोखण्डेको फर्स्ट लुक सार्वजनिक भएको थियो । यो पोस्टर सार्बजनिक भएसँगै अंकिताका पूर्बप्रेमी सुशान्त सिंहले इन्स्टाग्राममा अंकिताको तारिफ गरे । उनले लेखे ‘यस अवतारमा तिमी निकै सुन्दर देखिएकी छौ अंकिता । तिमीलाई यस रुपमा देख्दा म निकै खुसी भएको छु । म भगवानसँग प्राथना गर्छु कि तिमीलाई धेरै सफलता र खुसी मिलोस् ।’ 

सुशान्त सिंह र अंकिता कुनै समयमा टेलिभिजनमा एकसाथ काम गर्थे । त्यसबेलादेखि नै अंकितार सुशान्त एकअर्काको प्रेममा थिए ।  तर सुशान्त सिंहले बलिउड डेब्यू गरेपछि अंकितासँगको प्रेम सम्बन्ध तोडिदिएका थिए । ब्रेकअपपछि अहिले फेरि सुशान्तले प्रशंसा गरेको देख्दा धेरैले अंकिताले सुशान्तलाई माफ गर्न सक्ने अनुमान गरेका थिए ।

तर २ दिनअघि आयोजित एक अवार्ड शो मिडियासँगको कुराकानीमा आफ्नो डेब्यू फिल्म ‘मनिकर्णिका’ लाई लिएर निकै उत्साहित भएको बताएकी छिन् । तर सुशान्त सिंहको कमेन्ट गर्दै गरेको प्रशंसाको कुरामा अंकिताको प्रतिक्रिया माग्दा अंकिताले ठाडै अस्वीकार गरिदिइन् । र उनी स्टेजबाट माइक छोडेर त्यहाँबाट गएकी थिइन् । 

त्यसपछि मिडियाले सुशान्तलाई अंकिताको यस फिल्ममा भएको लुकको बारेमा कुरा गर्दा उनले भने, ‘मैले यस फिल्मको पोस्टर हेरेँ । मलाई उनी साच्चै नै सुन्दर लागिन् । यसै कारण म उनलाई बधाई दिन चाहन्थेँ ।’ 

फिल्म ‘मनिकर्णिका’ मा अभिनेत्री कंगना रनावत रानी लक्ष्मी बाईको भूमिकामा दुश्मनहरुका साथ आफ्नो राज्य बचाउनका लागि लडाई गरिरहेकी देखिएकी छिन् भने अंकिता लोखण्डे रानी लक्ष्मी बाईकै सेनाहरुमध्येकी एक महत्वपूर्ण योद्धा तथा सल्लाहकारको भूमिकामा देखिनेछिन् ।

यस फिल्मको ट्रेलर आज सार्वजनिक हुनेछ भने फिल्म २५ जनवरी २०१९ मा प्रदर्शन हुनेछ ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया