ए डिभिजन लिग : एपीएफले मच्छिन्द्रलाई ३–१ ले हरायो

 पुस ३, २०७५ मंगलबार १५:२७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा सशस्त्र प्रहारीको एपीएफले र मच्छिन्द्र क्लबलाई तीन–एकले हराएको छ ।

सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलको तेस्रो मिनेटमा नै एपीएफले अग्रता बनायो । उसका लागि आशिष लामाले पहिलो गोल गरे । त्यसपछि १२ औँ मिनेटमा युवराज खड्काको गोलमार्फत एपीएफले खेलमा दुई–शून्यको अग्रता बनायो ।

दुई गोलले पछि परेको मच्छिन्द्रले ३३ औँ मिनेटमा विदेशी खेलाडी अलाबा एडेमोलाको गोलमार्फत अन्तर दुई–एकमा झार्यो । त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र एपीएफ दुई–एकले अगाडि रह्यो । 

दोस्रो हाफमा भने मच्छिन्द्रले खेलमा फर्कने दुई वटा राम्रा मौका पाएको थियो । तर उसका स्ट्राइकर चुक्न पुगे । जसका कारण उसले लिगमा छैटौँ हार व्यहोर्यो । खेलको ८८ औँ मिनेटमा रुपबहादुर लामाले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै एपीएफलाई तीन एकको जित दिलाए ।

जितसँगै एपीएफले १३ अंक बनाएको छ । उसले नौ खेलमा चार जित, चार हार र एक बराबरी खेलको छ । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया