श्रीमानको  कुटपिटबाट महिलाको ज्यान गएको आरोप

 पुस ३, २०७५ मंगलबार १५:३०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

अर्घाखाँची – सन्धिखर्क नगरपालिका वडा नम्बर  ११ डिभर्नाको अमिलेमा श्रीमानको  कुटपिटबाट एक महिलाको मृत्यु भएको माइतीपक्षले आरोप लगाएका छन ।

डिभर्नाको अमिलेकी मीना सेजवाललाई आफ्नै श्रीमान कृष्णबहादुर सेजवालको निर्घात कुटपिट गरेपछि टाउकोमा रगत जमेर उहाँको मृत्युु भएको माइतीपक्षको दाबी छ । दिदीलाई महिनौंदेखि कुटपिट गर्दै आएको र कुटपिटबाटै दिदीको मृत्यु भएको मृतककी बहिनी कल्पना केसीले बताउनुभयो ।

श्रीमानले नै कुटपिट गरेर मीनाको ज्यान गएको भन्दै माइतीपक्षले कुटपिट गर्ने श्रीमानलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । घटनाको छानबिन गर्न  प्रहरी प्रशासनले चासो नदेखाएको माइती पक्षले आरोप लगाएका छन ।

मृतक मीनाको गएको मङ्सिर २४ गते उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा निधन भएको थियो । शवको पोस्टमार्टम जिल्ला अस्पताल सन्धिखर्कमा गरेर अन्तिम दाहसंस्कार पनि गरिसकिएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया