पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी
बैशाख ६, २०८१ बिहिबार
सन् २०१८ को ११ महिनामा १० लाख भन्दा धेरै पर्यटक नेपाल घुम्न आएको तथ्याङ्खबाट हामी सबै होटल व्यवसायी उत्साहित छौँ । लामो समयदेखि हामीले १० लाख पर्यटक नेपाल भित्राउने सपना लिएका थियौँ, त्यो पूरा भएको छ । सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्रै हामीले १० लाख पर्यटक भित्र्याउन सफल भएका हौँ । पर्यटक भित्रिँदा कुनै एउटा क्षेत्र मात्र नभै धेरै क्षेत्रले फाइदा उठाउन सक्छन् र उठाएका पनि छन् ।
हामीले अबको १ वर्षपछि अर्थात सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने कार्यक्रम बनाउका छौँ, अहिले नेपाल आएका १० लाख पर्यटकले हामीलाई हौसला दिएका छन् । तर हामीलाई १० लाख पर्यटक भित्र्याउन यति लामो समय लाग्यो भने आउँदो १ वर्षमै १० लाख पर्यटक थप्न चाहिँ निकै चुनौती नै देखिन्छ । तर चुनौतीलाई पूरा गर्न हामी सबैजनाले प्रयास गरिरहनुपर्छ ।
होटलको कुरा गर्ने हो भने हामी त अहिल्यै नै २५ लाख पर्यटक धान्न सक्छौँ भन्नेमा ढुक्क छौँ । पाँचतारे होटलदेखि होमस्टेसम्म गणना गर्ने हो भने २५ लाख पर्यटक बस्न सक्छन् । तर क्वालिटीको कुरा गर्ने हो भने सोँच्नैपर्छ । हामीकहाँ पाँचतारे र तीनतारे होटल सीमित छन्, थोरै छन् तर तीनतारे होटलभन्दा साना होटल त धेरै छन् तर त्यस्ता होटलमा हामीले कत्तिको गुणस्तरीय र खर्च गर्न सक्ने पर्यटक ल्याउन सक्छौँ भन्ने मुख्य कुरा हो ।
हामी अहिले १० लाख पर्यटक भित्र्यायौँ भनेर मख्ख परिरहेका छौँ, कस्ता पर्यटक आए र कति खर्च गरे भन्नेमा ध्यान गएको छैन । हाम्रो आम्दानी चाहिँ जहाँको त्यहीँ हुने तर मान्छे मात्रै थुप्रिएर त के काम भयो र ? हामीले संख्याको पछि दौडँदा हाम्रो फाइदा भुलेका त छैनौँ ? हामीले देशमा पर्यटकलाई औसतमा कति दिन राख्छौँ र उनीहरुले कति खर्च गरे भनेर पनि ध्यान दिनुपर्छ ।
नेपाल आएका पर्यटकलाई जतिसक्यो धेरै खर्च गराउन सकियो भने मात्रै पर्यटकसँगै हाम्रो आम्दानी पनि बढ्छ र यसले देशको समग्र अर्थतन्त्रलाई नै सकारात्मक प्रभाव पार्न सक्छ । त्यसको लागि हामी होटल व्यवसायीले पूर्वाधार बढाउँदै छौँ । अन्तर्राष्ट्रिय चेन होटलहरु यहाँ खुल्दैछन्, नेपालमा प्रतिष्ठित उद्योगी व्यवसायीले पनि होटल क्षेत्रमा लगानी गरिरहेका छन् । होटलहरु अबको केही समयमै गुणस्तरीय बन्दैछन् र गुणस्तरीय पर्यटकको अपेक्षा राखेका छन् ।
हामीले क्वालिटीका पर्यटक नेपाल भित्र्याउने भन्दै गर्दा हामी आफैले कत्तिकै गुणस्तर कायम गर्न सकेका छौँ भन्नेतर्फ पनि सोच्नुपर्छ । हामीले पर्यटक घुमाउने ठाउँ कत्तिको राम्रा छन्, त्यहाँ गुणस्तर कायम गर्न सकेका छौँ कि छैनौँ अनि पर्यटक खुसी छन् कि छैनन् भन्नेमा ध्यान दिनैपर्छ ।
अब काठमाडौंको कुरा गर्ने हो भने जतिबेला जहाँ पनि जाम छ । जामबाट पर्यटक कति वाक्क हुन्छन् होला । काठमाडौंको जाम झेल्न पर्यटक किन आउने ।
अनि वर्षौँदेखि हाम्रा सडक बेहाल छन् । बर्खामा धान रोप्ने हिलो अनि हिउँदमा धुलैधुलो हुन्छ । मास्क नलगाइकन हिँड्नै सकिन्न । धुलो धुवाँ र जाममा अड्किनकै लागि पैसा कसले खर्च गर्छ र ? खल्तीमा पैसा हुने मान्छेलाई संसारमा जहाँ गए पनि भयो नि होइन । अन्तर्राष्ट्रिय पर्यटकहरुलाई नेपाल मन पर्ने ठाउँ त हो, तर हामीले तयारी गरेनौँ र सामान्य कुरा पनि सुधार गर्न सकेनौँ ।
सरकारले काम गरिरहेको छ, तर जुन गतिमा काम भैरहेको त त्यो गतिले त हामीलाई वर्ष दिनभित्र २० लाख पर्यटक भित्राउन नै गाह्रो छ अनि मनग्य खर्च गर्ने पर्यटक ल्याउन पनि समस्या नै छ ।
भुटान पुगेका पर्यटकले दिनमा निश्चित रकम खर्च गर्नैपर्छ । त्यहाँ उनीहरुले पर्यटकको लागि उपयुक्त संरचना र सुविधा दिएका छन् । त्यही भएर भुटानमा दैनिक २ सय ५० डलर अनिवार्य खर्च गर्दा पनि पर्यटक मज्जाले खुसी हुन्छन् । तर हामीकहाँ पछिल्लो तथ्याङ्ख हे¥यो भने दैनिक ५५ डलरको हाराहारीमा मात्रै खर्च भएको देखिन्छ ।
त्यसैले अहिले नै हामी भुटानको मोडलमा जानुहुन्न । पहिले हामीले हरेक ठाउँमा गुणस्तर कायम गरौँ । देश संघीयतामा गएको छ । सबै प्रदेशले पर्यटकीय गन्तव्यलाई महत्व दिइरहेका छन् । उनीहरुले राम्रो गर्न सके भने त हामीकहाँ यसै पनि गुणस्तरीय पर्यटक आउलान् नि । अनि अहिले सरकारले एक सय वटा प्रमुख पर्यटकीय गन्तव्य घोषणा गरेको छ, ती गन्तव्यमा हामीले सबै पूर्वाधार बनाउन सक्यौँ भने त्यहाँ पनि पर्यटक ओइरिन सक्छन नि ।
अहिले त खल्तीमा धेरै पैसा छ भने पनि खर्च गर्ने कहाँ त ? खर्च गर्ने ठाउँ नै छैन । पैसा खर्च गर्ने ठाउँ हामीले बनाउन सकेका छैनौँ । खुला अर्थतन्त्र भएकाले हामीले भुटानको मोडल अबलम्बन गर्न मिल्दैन, तर हामीले गुणस्तर सुधार गर्यौँ भने पर्यटक आफैले हाँसिहाँसी खर्च गर्छन् ।
(होटल एसोसियशन अफ् नेपाल (हान)का महासचिव विनायक शाहसँग अर्जुन पोख्रेलले गरेको कुराकानीमा आधारित)
शाह होटल एशोसियशन अफ् नेपाल (हान)का उपाध्यक्ष हुनुहुन्छ ।