मनाङकाे अपराजित यात्रा कायमै: च्यासलविरुद्ध तीन-एकको जित

 पुस ३, २०७५ मंगलबार १७:६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - पल्सर शहीद स्मारक ए डिभिजन लिगमा उपाधिको प्रवल दावेदार मनाङ मर्स्याङदी क्लबले अपराजित यात्रालाई कायमै राख्दै नवाैं जित निकालेको छ ।

मंगलबार भएको खेलमा मनाङले च्यासलविरुद्ध तीन-एक को जित निकालेकाे हाे।

सातदोबाटोमा रहेकाे एन्फा मैदानमा भएका खेलको सुरुवातमा केही दबाब दिएको च्यासलले समय बित्दै गएपछि आफ्नो लय गुमाउन पुग्यो । मनाङका लागि विदेशी खेलाडी एडीजेला सोमिडीले गोल गरे । उनले अफिज ओलाओलेको पासको सदुपयोग गरेका थिए ।

एक गोलले अगाडि रहेको मनाङले त्यसपछि पहिलो हाफमा डरलाग्दो आक्रमण बनाउन सकेन ‍।

दोस्रो हाफको सुरुवातमा नै आक्रामक रुपमा उत्रिएको मनाङले ५८ औं मिनेटमा अञ्जन विष्टको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । ६४ औं मिनेटमा मनाङका अफिज ओलाओलेको प्रहारलाई दिनेश राजवंशीले बचाए ।

७२ औं मिनेटमा मनाङले दोस्रो गोल थप्यो । यसपटक विदेशी खेलाडी अफिज ओलाओलेको प्रहारलाई च्यासलका गोलकिपरले बचाउन सकेनन । त्यसपछि ८८ औं मिनेटमा सब्सिच्युट खेलाडी विमल रानाले मनाङका लागि तेस्रो गोल गरे ।

खेलको इन्जुरी समयको पहिलो मिनेटमा च्यासलले पेनाल्टी मार्फत गोल गर्यो । मनाङका मुहम्मद आसिफले डिबक्समा हातले बल रोकेपछि पाएको पेनाल्टीलाई देवेन्द्र तामाङले गोलमा परिणत गरे । त्यसपछि च्यासल खेलमा फर्कन सकेन र मनाङ विजयी भयो । जितसँगै मनाङले नौ खेलबाट २७ अंक बनाएको छ । 


 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया