लाेकेश बमले शतक बनाए पनि नेपालकाे 'ए' टाेली आयरल्यान्ड–उल्भ्स...
चैत १६, २०८० शुक्रबार
तेह्रथुम – तेह्रथुममा जारी भगिमानसिंह स्मृति आमन्त्रण फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएक खेलमा इलाम र पाँचथरले विजयी सुरुवात गरेका छन् ।
म्याङलुङ नगरपालिका–२, मा रहेको मैदानमा भइरहेको प्रतियोगितामा माइभ्याली फुटबल क्लब इलामले ताप्लेजुङलाई १–० गोलले र फिदिम स्पोर्टिङ क्लब पाँचथरले मोरङलाई २–० ले पराजित गरेका हुन् ।
इलामका लागि खेलको चौथो मिनेटमा दर्शन गुरुङले गोल गरेका थिए । खेल प्रतिस्पर्धात्मक भए पनि खेल अवधिभर ताप्लेजुङले गोल गर्न सकेन र जित इलामको पोल्टामा पर्यो ।
यस्तै अर्को खेलमा पाँचथरका लागि १८ औँ मिनेटमा मिलन राई र ३५ औँ मिनेटमा प्रविन जवेगुले गोल गरे । पटक–पटक मौका पाए पनि मोरङले गोल गर्न नसक्दा हार बेहोर्न बाध्य भयो ।
प्रतियोगितामा प्रदेश नं. १ का १० जिल्लाका एक–एक टिम सहभागी छन् । प्रतियोगिताको विजेतालाई नगद २ लाख ५ हजार र उपविजेतालाई नगद १ लाख १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता पुस ७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता सञ्चालनका लागि २८ लाख रुपैयाँ बढी खर्च हुने आयोजकले जनाएको छ ।
उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ ।