कतार एयरवेजकाे मिडिया राउन्डटेबल

 पुस ३, २०७५ मंगलबार १७:४२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

कतारकाे दोहा सम्मेलनमा कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले मिडियासँग अन्तरक्रियात्मक राउन्ड टेबल आयोजना गरेका छन् ।

बकरले मिडियासँग एयरलाइनको तीव्र विस्तार योजना सम्बन्धी छलफलका लागि शेराटन ग्राण्ड दोहा रिसोर्ट र कन्भेन्शन होटेलमा गएको आइतबार राउन्ड टेबलको आयोजना गरेका हुन् ।

कतार एयरवेजले २३ नयाँ गन्तव्यहरुसम्मको सेवा सुरुवात गरिसकेको छ । साथै विश्वका थप यात्रुहरुसँग जोडिन नयाँ मार्ग थप्ने आफ्नो महत्वपूर्ण विस्तार कार्यक्रम गरिरहेको बताइएको छ । 

‘अन्य वायु सेवाहरुको तुलनामा हाम्रा विभिन्न प्रकारका विमानहरुको उपयोग नै कतार एयरवेजका लागि निकै लाभदायक रहेको छ, प्रमुख कार्यकारी अधिकृत बकरले भने, ‘हाम्रा प्रतिद्वन्द्वीहरुको ध्यानमा नरहेका धेरै मार्गहरु हामीले पहिचान गरिसकेका छौँ र आगामी नयाँ वर्षको सुरुवातसँगै हाम्रो तीव्र विस्तार कार्यक्रम जारी राख्ने योजना बनाएका छौँ ।’

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया