आइपीएल अक्शन: अनक्याप्ड वरुण चक्रवर्तीले ८ कराेडमाथि पाउँदा युवराज सिंह बिकेनन्

 पुस ३, २०७५ मंगलबार १८:५७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

आईपीएल २०१९ का लागि चलिरहेकाे अक्शनमा पछिल्लो सिजनमा पञ्जाबबाट खेलेका अलराउण्डर युवराज सिंहलाई खरिद गर्न कुनैपनि टिमले इच्छा देखाएनन् ।

यस अक्शनमा बलर जयदेव उनादकटलाई राजस्थान राेयल्सले ८.४ कराेडमा खरिद गर्याे भने अनक्याप्ड क्रिकेटर वरुण चक्रवर्तीलाई पनि किंग्स इलेभन पञ्जाबले कीर्तिमानी ८.४ कराेडमा भित्र्यायाे । यसैगरी शिवम दुवेलाई टिममा लिन राेयल च्यालेञ्जर्स बेंग्लाेरले ५ कराेड रुपैयाँ खर्च गर्याे ।

पछिल्ला संस्करणहरुमा खेल्दै आएका युवराज भने अनसोल्ड नै रहे ।  उनकाे न्यूनतम मूल्य १ करोड तोकिएकाे थियाे ।

गएकाे सिजनमा युवराजमाथि २ करोड खर्चिएको पञ्जाबले यअसघि रिलिज गरेको थियो ।

पछिल्लो संस्करणमा उनले प्रभाव जमाउन नसक्दा प्रतियोगिताभर जम्मा ६५ रन बनाएका थिए । अक्सनमा नबिके पनि यदि टिमले लिन चाहेमा पेनाल्टी तिरेर फेरि लिन पाउने व्यवस्था रहेको छ ।

अन्तिम अपडेट: पुस २३, २०७५

तपाईको प्रतिक्रिया