घलेम्दी हाइड्रोले साधारण शेयर बिक्री गर्दै

 पुस ३, २०७५ मंगलबार १९:४३:४३ | रासस
unn.prixa.net

काठमाडौं –  घलेम्दी हाइड्रो लिमिटेडले १४ करोड ७८ लाख ७७ हजार रुपैयाँ बराबरका साधारण शेयर बिक्री गर्ने भएको छ । 

नेपाल धितोपत्र बोर्डले त्यस कम्पनीलाई साधारण शेयर बिक्रीका लागि स्वीकृति दिएको हो । कम्पनीले आफ्नो जारी पूँजी ५५ करोड रुपैयाँको २० प्रतिशतले हुन आउने ११ करोड रुपैयाँ बराबरका १०० रुपैयाँ अङ्कित दरका ११ लाख कित्ता शेयरमध्ये दुई प्रतिशत कम्पनीको सेवामा रहेका कर्मचारीलाई छ्ट्याइएको छ । 

यस्तै ५५ हजार कित्ता सामूहिक लगानीका लागि छुट्याएर बाँकी रहेका १० लाख २३ हजार कित्ता र आयोजना प्रभावित म्याग्दी अन्नपूर्ण गाउँपालिकाका बासिन्दाका लागि बिक्री गरिएकामध्ये पूर्णरुपमा बिक्री नभएको चार लाख ५५ हजार ७७० कित्ता शेयर थप गरी १४ लाख ७८ हजार ७७० कित्ता साधारण शेयर बिक्री गर्न लागिएको हो । 

कम्पनीको शेयर यही पुस १९ देखि २३ गतेसम्म बिक्री गर्ने गरी बोर्डले स्वीकृति दिएको छ । इक्रा नेपालले कम्पनीको शेयरलाई कमजोर रहेको विश्लेषण गर्दै आईपीओ ग्रेड पाँच दिएको छ ।
 

अन्तिम अपडेट: चैत ३, २०७५

तपाईको प्रतिक्रिया