निर्मलाकी आमाले दिइन् एसपी विष्टसहित ८ जना सरकारी अधिकारीविरुद्ध उजुरी

 पुस ३, २०७५ मंगलबार २०:३५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रहरी सेवाबाट बर्खास्तीमा परेका एसपी विष्ट

कञ्चनपुर – बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले अनुसन्धानमा संलग्न ८ जना सरकारी अधिकारीविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिनुभएको छ । 

उहाँले सार्वजनिक न्यायविरुद्धको कसुर अन्तर्गत तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, प्रहरी निरीक्षक जगदीश भट्ट, केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका डीएसपी अंगुर जिसीलगायत ८ जना विरुद्ध जोहरी दिनुभएको हो । 

अनुसन्धानमा खटिएका अधिकारीको लापर्वाहीका कारण हत्यामा संलग्न व्यक्ति पक्राउ पर्न नसकेको जाहेरीमा उल्लेख गरिएको छ ।

प्रहरीले लापर्वाही गरेको आरोपमा सरकारी छानबिन समितिले कात्तिक ८ गते तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सरकारी सेवामा योग्य हुने गरी बर्खास्त गरेको थियो ।  
 

अन्तिम अपडेट: जेठ २३, २०७६

तपाईको प्रतिक्रिया