मनसुन अझै निष्क्रिय, छिनमै घाम छिनमै पानी

 असार १, २०७५ शुक्रबार ७:५७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उपत्यकासहित देशभरी कै मौसम अहिले बदली भएको छ । केही ठाउँमा पानी परिरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार मनसुनी वायु र पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले राति धेरै ठाउँमा पानी परेको हो ।

यसकै प्रभावले आज देशभरी कै मौसम पूर्ण रुपमा खुल्ने संभावना कम छ । एकछिन मौसम खुले पनि फेरि बदली भइ केही ठाउँमा पानी पर्ने उहाँको अनुमान छ । तर अझै पनि झरीको संभावना नरहेको उहाँले जानकारी दिनुभयो । नेपालमा भारत हुँदै मनसुन भित्रिने गर्छ तर भारतमा पनि मनसुन कमजोर रहेकाले नेपालमा पनि सक्रिय हुन नसकेको उहाँको भनाई छ ।

मनसुन पूर्ण रुपमा सक्रिय हुन अझै केहि दिन लाग्ने मौसमविद् पौडेलको अनुमान छ । यो वर्ष २ दिन छिटोगरी जुन ८ तारिखमा मनसुन पूर्वी नेपालमा प्रवेश गरे पनि अझै सक्रिय हुन सकेको छैन । सामान्यतया नेपालमा जुन १० तारिखमा मनसुन नेपालमा भित्रने गर्छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया