के गर्न हुन्छ, के गर्न हुँदैन भनेर विश्वका कुनै पनि देशले चीनलाई हुकुम दिन सक्दैनन् : सी जिनपिङ

 पुस ४, २०७५ बुधबार ९:८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

चीनका राष्ट्रपति सी जिनपिङले विश्वका कुनै पनि देशले के गर्न हुन्छ , के गर्न हुँदैन ? भनेर चीनलाई हुकुम दिन नसक्ने बताएका छन् । कम्युनिष्ट पार्टीले बनाएको विकासको योजनामा देशलाई अझै सुधार गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् । 

दिवगंत नेता डेंग जियाओपिङद्वारा डिसेम्बर १९७३ मा उनको कार्यकालमा सुरु गरिएको आर्थिक सुधारलाई अझै अगाडि लैजाने बताउँदै जिनपिङले भने ‘चीनमा एक पार्टी प्रणाली कसैले परिवर्तन गर्ने छैन । समाजवादको ठूलो ब्यानर चीनमा सँधैभर फरफराइ रहनेछ ।’ 

उनले चीनमा कम्युनिष्ट पार्टीको नेतृत्व समाजवादको सबैभन्दा आवश्यक रुप भएको बताउँदै कम्युनिष्ट पार्टीमा चिनियाँ विशेषता रहेको पनि बताएका छन् । 

पछिल्लो समयमा चीन र अमेरिकाकाबीच व्यापारमा उतार चढाव आइरहेको छ । दुवै देशबीच व्यापार युद्ध चलिरहेको छ । यसैबेला उनले यस्तो प्रतिक्रिया दिएका छन् ।

जिनपिङले सुधार गर्नुपर्ने कुरालाई दृढताका साथ सुधार गर्ने यसबारेमा कसैले पनि  चीनलाई सिकाइरहनु आवश्यक नभएको बताएका छन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया