लेस्टर सिटीलाई पेनाल्टीमा हराउँदै म्यानचेस्टर सिटी लिग कपको सेमिफाइनलमा

 पुस ४, २०७५ बुधबार ९:१४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

लेस्टर सिटीलाई पेनाल्टीमा हराउँदै म्यानचेस्टर सिटी लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ । लेस्टरको मैदानमा भएको खेलमा अरिजानेट मुरिचले दुईवटा पेनाल्टी बचाएपछि म्यानचेस्टर सिटीले अन्तिम चारको यात्रा पक्का गरेको हो ।

सिटीका रहिम स्टर्लिङको प्रहार बाहिरिएको थियो । मुरिचले जेम्स म्याडिसन र काग्लर सोयुन्चुको पेनाल्टी जोगाएका थिए भने क्रिष्टियान फुच्सको प्रहार बारभन्दा माथिबाट बाहिरिएपछि सिटीले ३–१ को जित निकालेको थियो ।

त्यसअघि निर्धारित ९० मिनेटमा खेल एक एक गोलको बराबरीमा सकिएको थियो । १४औं मिनेटमा केभिन डि ब्रुयनले गोल गर्दै सिटीलाई शुरुवाती अग्रता दिलाएका थिए । ७३औं मिनेटमा मार्क अल्ब्राइटनले बराबरी गरेका थिए ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया