रिभर प्लेटलाई हराउँदै युएईको क्लब अल ऐन फिफा क्लब विश्वकपको फाइनलमा

 पुस ४, २०७५ बुधबार ९:२२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

दक्षिण अमेरिकी च्याम्पियन रिभर प्लेटलाई हराउँदै युएईको क्लब अल ऐन फिफा क्लब विश्वकपको फाइनलमा पुगेको छ । 

आयोजकको देशको लिग च्याम्पियन नाताले क्लब विश्वकपमा स्थान बनाउन सफल अल ऐनले दक्षिण अमेरिकी च्याम्पियनलाई पेनाल्टी सुटआउटमा पराजित गर्‍याे ।

घरेलु मैदान हज्जा विन जायद स्टेडियममा भएको खेलको नियमित समय भने दुई–दुई गोलको बराबरीमा सकिएको थियो । तेस्रो मिनेटमा नै मार्कस बर्गले गोल गर्दै अल ऐनलाई अग्रता दिलाए । तर, ११औं मिनेटमा नै राफेल बोर्रेले रिभरका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याए । 

त्यसको पाँच मिनेटभित्रै बोर्रेले ब्यक्तिगत दोस्रो गोल गरेपछि १६औं मिनेटमा रिभर प्लेटले अग्रता उल्टाएको थियो । जुन अग्रता पहिलो हाफसम्म कायम राख्यो । तर ५१औं मिनेटमा काइयो फर्नाण्डेजले गोल गरेपछि खेल बराबरी भयो । 

त्यसपछिको समय र अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा इन्जो पेरेजको प्रहार अल ऐनका गोलकिपर इन्जो पेरेजले रोकेपछि घरेलु टिमले रिभरप्लेटलाई स्तब्ध बनायो ।

अब अल ऐनले एसियाली च्याम्पियन जापानको काशिमा एन्टलर्स र युरोपेली च्याम्पियन रियल मड्रिडवीचको विजेतासँग प्रतिष्पर्धा गर्दैछ । यो खेल आज साँझ हुनेछ ।
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया