‘कागजपत्र’मा नाजिर हुसेन र शिल्पा मास्के

 पुस ४, २०७५ बुधबार ११:२१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेता नाजिर हुसेनलाई विशषत दर्शकले सहअभिनेताका रुपमा नै रुचाएका छन् । उनले मुख्य अभिनेताको भूमिका निर्वाह गरेका चलचित्रलाई दर्शकले त्यति रुचाएका छैनन् । यसैबीच अभिनेता नाजिर हुसेन फेरी पनि एक पटक मुख्य नायकको भूमिकामा प्रस्तुत हुँदैछन् । 

उनस् नायकको भूमिकामा प्रस्तुत भएको चलचित्र हो ‘कागजपत्र’। यो चलचित्रमा अभिनेता नाजिर हुसेनसँगै अभिनेत्री शिल्पा मास्केको पनि मुख्य भूमिका रहेको छ । यसैबीच चलचित्र ‘कागजपत्र’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । चलचित्र निर्माण टिमले पोस्टरसहित चलचित्रको प्रदर्शन मितिसमेत घोषणा गरेका छन् । यो चलचित्र बीचमा कुनै उतार चडाव नभए यसै वर्षको अन्तिम महिना चैत ८ गतेबाट अल नेपाल प्रदशन हुने बताइएको छ ।

पोस्टरमा नाजिर शिल्पाको जोडीसँगै भोलाराज सापकोटा र सरिता गिरीलाई स्थान दिइएको छ । चलचित्रको निर्देशन यस अघि चलचित्र ‘झुम्की’ निर्देशन गरेका निर्देशक अपील बिष्टले गरेका हुन् भने चलचित्रको कथा लेखन पनि निर्देशक विष्टले नै गरेका हुन् । चलचित्रको निर्माता खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी हुन् । चलचित्रमा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत रहेको छ । चलचित्रको सम्पादन निमेष श्रेष्ठले गरेका हुन् ।

–उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया