सुनचाँदीको भाउ घट्यो

 पुस ४, २०७५ बुधबार ११:३०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सुनको भाउ बुधबार तोलामा ६ सय रुपैयाँ घटेको छ । सुन बुधबार तोलाको ५८ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार १ सय रुपैयाँ बढेर तोलाको ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा ६ सय रुपैयाँ घटेको हो । मंगलबार चाँदी पनि तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी तोलाको ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया