चार घण्टापछि  विपी राजमार्ग खुल्यो

 असार १, २०७५ शुक्रबार ९:२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – विपी राजमार्गमा झण्डै चार घण्टापछि यातायात सञ्चालनमा आएको छ । काभ्रेको रोशी गाउँपालिकामा पर्ने खहरे खोला, फेदी खोला, साङ खोला र भ्याकुरे खोलाले बगाएर ल्याएको माटोले अबरुद्ध भएको राजमार्ग प्रहरी र स्थानीयबासिको सहयोगमा हटाएपछि राजमार्ग खुलेको प्रहरीले जनाएको हो । 

यो राजमार्ग बिहान ५ बजेदेखि अवरुद्ध भएको थियो । यो ठाउँमा पहिला पनि पहिरो खस्ने, खोलाले लेदो माटो बगाएर ल्याउने लगायत कारणले राजमार्ग बन्द हुने गरेको थियो । साँघुरो बाटो भएकोले थोरै पानी पर्दा पनि समस्या हुने भएकाले यो ठाउँमा बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म ठूला गाडी चलाउन रोक लगाइएको छ । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया