चलचित्र ‘न यता न उता’को ट्रेलर सार्वजनिक

 पुस ४, २०७५ बुधबार १५:८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली चलचित्र ‘न यता न उता’को ट्रेलर सार्वजनिक भएको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको  ट्रेलर सार्वजनिक गरिएको हो । यसअघि नै सार्वजनिक भएको चलचित्रमा समावेश लोक शैलीको ‘चोलीको तुना’बोलको गीतलाई दर्शकले रुचाएका छन् । 

चलचित्र‘न यता न उता’मिराज रोश र विशारद बस्नेतको संयुक्त निर्देशनमा बनेको हो । रिना लामाले चलचित्रको निर्माण गरेकी हुन् । चलचित्रमा समावेश गीतमा मिलन जलन र राजन इशानको संगीत रहेको छ । गीतमा राजन इशान, मिलन अमात्य, राजनराज सिवाकोटी र रमिना सिंहको स्वर सुन्न सकिन्छ । चलचित्रमा समावेश गीतको भिडियोको कोरियोग्राफी विक्रम स्वारले गरेका हुन् ।

चलचित्रमा समिर दीक्षित, मिराज रोससहित ऋचा शर्मा, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, नम्रता सापकोटा, राजाराम पौडेल, कमलमणि नेपाल, जीवन भट्टराई, लुनिभा तुलाधर, भिमा मैनाली, राजन खतिवडालगायतका कलाकारहरुको अभिनय रहेको छ । 

चलचित्र माघ २५ बाट प्रदर्शनमा आउने बताइएको छ ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया