विश्वकप हेरेर फर्किँदा पहिरोले बगाएर एकजना बेपत्ता

 असार १, २०७५ शुक्रबार ९:१५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

ताप्लेजुङ – तीन दीन देखि परेको अविरल वर्षाका करण पहिरोले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा ईलाम घर भइ ताप्लेजुङको पथीभरा मोटरसाइकिल वर्कशपमा काम गर्ने २६ वर्षका सनम राई रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी गेनेन्द्र बहादुर बस्नेतले बताउनुभयो ।

विश्वकप फुटबल हेर्न जिल्ला सदरमुकामदेखि केही पर हाङ्देवामा गएर फर्कने क्रममा रातको ११ बजे  मोटरसाइकल सहित पहिरोले बगाएको हो । मोटर साईकल केही तल भेटिए पनि राई फेला नपरेको प्रहरीले बताएकोछ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया