आयरल्यान्ड–उल्भ्सले दियाे नेपाल 'ए' लाई २ सय २३ रनकाे लक्ष्य
चैत १६, २०८० शुक्रबार
विश्वकप फुटबल २०१८ अन्तर्गत समूह बी को पहिलो खेलमा इरान र मोरक्को खेल्दैछन् । युरोपका दुई पावरहाउस स्पेन र पोर्चुगल रहेको यो समूहमा दुवै टिम यो खेल जित्ने टोलीले महत्वपूर्ण ३ अंक बटुल्दै अर्को चरणको यात्रा तय गर्ने धुनमा हुनेछन् । सेन्ट पिटर्सबर्गमा हुने यो खेल जित्दै इरान र मोरक्को मध्ये एक टिम नकआउट चरणमा पुगे स्पेन र पोर्चुगलमध्ये एउटा टिम समूह चरणबाटै बाहिरिनेछ ।
छनोट प्रतियोगितामा दुबै टिमले प्रभावशाली प्रदर्शन गरेका थिए । छनोट चरणमा आठ खेल खेलेको मोरक्कोले एक गोलमात्र खाएको थियो भने इरानले खेलेका १८ खेलमा ५ गोलमात्र खाएको थियो ।
सन् १९९८ पछि पहिलोपटक सहभागिता जनाएको मोरक्कोको टिममा आत्मविश्वाससँगै प्रतिभाको कमी छैन । मोरक्कोमा हाकिम जियच सबैभन्दा प्रभावशाली खेलाडी मानिन्छन् । नेदरल्याण्डमा जन्मिएका जियचले अघिल्लो सिजन ९ गोल गरेका थिए भने १५ गोलका लागि मौका सिर्जना गरिएका थिए । छनोट चरणमा उनले २ गोल र २ एसिस्ट गरेका थिए । खालिद बउतेब मोरक्कोका अर्का प्रतिभाशाली खेलाडी हुन् । उनले विश्वकप छनोटमा चार गोल गरेका थिए ।
इरानबाट मेहदी तारेमीले २६ खेलमा ११ गोल गरेका छन् । २५ वर्षीय यी फरवार्डले तीन पटकको एसियाली च्याम्पियनलाई विश्वकपको सर्वाधिक सफलता दिलाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा धेरैको छ ।
विश्वकपमा इरान र मोरक्को पहिलो पटक खेल्न लागेका हुन् । दुबै टिमले अहिलेसम्म विश्वकपको समूह चरण पार गर्न सकेका छैनन् ।