निर्माता संघका गोविन्द शाही बर्खास्त हुँदै

 पुस ५, २०७५ बिहिबार १३:१२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

चलचित्र निर्माता संघका  उपाध्यक्ष गोविन्द शाही पदबाट बर्खास्त हुने भएका छन् । उनलाई यो पदबाट बर्खास्त गर्ने  निर्णय  चलचित्र  निर्माता संघको कार्यसमिति बैठकले गरेको हो । बैठकले उनलाई  बर्खास्त गर्ने  निर्णय गरेको भए पनि पत्र भने काटि नसकेको विशेष स्रोतले जनाएको छ । 

यसको बारेमा निर्माता संघले पत्रकार सम्मेलन गरेर आधिकारिक रुपमा जानकारी गराउने भएको छ । गोविन्दमाथि चलचित्र निर्माता संघको बैठकमा उपस्थित नभएको, संघ संस्थामा बसेर निर्मातासँग नै लफडा गरेको उजुरी परेपछि संस्थाको विधान अनुसार उनलाई पदबाट बर्खास्त गर्ने निर्णय भएको विशेष  स्रोतले जनाएको छ ।

केही समय अगाडि गोविन्द शाहीले एक निर्मातालाई आफूले वितरण गरेको सिनेमासँग आफ्नो सिनेमा जुधाएको भन्दै सार्वजनिक कार्यक्रममै हात हालेका थिए । यतिमात्रै हैन चलचित्र संघमा पनि उनले वितरक गोपाल काजी कायस्थमाथि हात हालेका थिए ।

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया