मनोज गजुरेलको डेब्यू फिल्म ‘सयकडा दश’को पोस्टर सार्वजनिक

 पुस ५, २०७५ बिहिबार १७:८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – भ्रष्टाचारविरुद्ध सदाचार सन्देश बोकेको फिल्म ‘सयकडा दश’ले औपचारिक पोस्टर सार्वजनिक गरेको छ । मनोज गजुरेल अभिनित सोसल ड्रामा माघ १८ गते देशव्पायी प्रदर्शन हुँदैछ ।  

प्रस्तुत पोस्टरमा फिल्मका सबै अभिनेता अटाएका छन् । पोस्टरअनुसार फिल्मको बटम लाइन ‘करप्सन भर्सेस लभ’ रहेको छ । निर्देशक रामशरण पाठकले फिल्मले प्रेम र समाजमा आर्थिक भ्रष्टाचारले पर्ने असरको दृश्य चर्चा गर्ने बताए । 

हास्यअभिनेता गजुरेलको डेब्यू फिल्म हो यो । उनीसहित राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपानेको अभिनय रहेको फिल्मलाई निर्देशक पाठक स्वयमले लेखेका हुन् । 

रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजीव न्यौपानेले दर्शन नेपाल क्रिएसनको ब्यानरमा फिल्म निर्माण गरेका हुन् । निर्माणका लागि दर्शन नेपालले डीआर म्युजिक एन्ड ट्रेडिङसँग सहकार्य गरेको छ । 

घरमा रिलिज अगाडि फिल्मले अंग्रेजी नयाँ वर्ष २०१९ छेकोमा थाइल्यान्ड र म्यानमारदेखि प्रदर्शन थालनी गर्ने जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया