प्रदेश ४ को बजेट ३० अर्ब रुपैयाँ  हाराहारी

 असार १, २०७५ शुक्रबार १२:१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – प्रदेश सरकारले शुक्रबार आर्थिक वर्ष २०७५/७६ को बजेट ल्याउँदैछ । त्यसका लागि विहीबार प्रदेश कर तथा गैरकर राजस्व उठाउने विधेयक र प्रदेश वित्त ब्यवस्थापन विधेयक सदनबाट पारित भएको हो ।

जेठ २७ को प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रस्तुत गर्नुभएको दुवै विधेयक विहीबारको प्रदेशसभा बैठकमा पारितका लागि पेश गरेकोमा बहुमतले पारित गरेको थियो । सांसदहरु मिनप्रसाद गुरुङ, मेखलाल श्रेष्ठ, चन्द्रबहादुर बुढा, कृष्ण थापा, बिन्दुकुमार थापा र दोबाटे विश्वकर्माले विधेयकमाथिका छलफल गरेका थिए । बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री गुरुङले सरकारको बजेट नै राजस्वमा केन्द्रित हुने भएकोले राजस्व संकलनमा सरकारको जोड रहेको बताउनुभयो ।

प्रदेश सरकारले २६ देखि ३० अर्ब हाराहारीमा बजेट ल्याउने तयारी भएको अर्थ मन्त्रालयले जनाएको छ । २३ अर्ब हाराहारी केन्द्रीय अनुदान, ३ अर्ब आन्तरिक राजश्व र बाँकी रकम आन्तरिक ऋण र अन्य श्रोतबाट प्राप्त हुने अर्थ मन्त्रालयको भनाई छ । यसअघि पारित भएको नीति तथा कार्यक्रमको सीमाभित्र रहेर बजेट आउने मन्त्री गुरुङले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया