चोरी गर्ने गिरोहको अर्को समूह पक्राउ

 पुस ६, २०७५ शुक्रबार १३:५४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रहरीले चोरी गर्ने गिरोहको अर्को समूह पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले काठमाडौंका विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको छ । काठमाडौंको नयाँ बजार बस्ने काभ्रेका प्रज्वल तामाङ, ढल्कु क्षेत्रपाटी बस्ने रामेछापका अनिल तामाङ स्वयम्भु बस्ने मकवानपुरका राजीव देउला र काठमाडौंको पकनाजोल बस्ने दोलखाका निमा तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

यो चोरी गिरोहको नेतृत्व निमाले लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गिरोहले काठमाडौंका विभिन्न ठाउँमा घर फोडेर चोरी गर्ने गरेका थिए । उनीहरुबाट प्रहरीले चोरी गरेको समान पनि बरामत गरेको छ ।

यस्तै उनीहरुको साथबाट ६६ हजार ५ सय ७५ रुपैयाँ, केही थान ल्याप्टप, मोबाइल तथा गरगहनाको समान बरामद गरेको जनाएको छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया