४० वर्षकी महिलालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

 पुस ६, २०७५ शुक्रबार १७:४८:२६ | देव पचभैया
unn.prixa.net

पाल्पा – पटक–पटक बलात्कारपछि धम्क्याउने एक पुरुष पाल्पामा पक्राउ परेका छन् ।

बलात्कारपछि आठ महिनाको गर्भ हुँदा समेत धम्की दिँदै पटक–पटक बलात्कार गरेको भन्दै युवतीले प्रहरीमा निवेदन दिएपछि शुक्रबार रिब्दिकोट गाउँपालिका–४, पाल्पाका ४२ वर्षका मिनबहादुर बगालेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

गएको वैशाख २७ गते नै बलात्कार गरेको र कसैलाई नभन्न धम्की दिँदै पटक–पटक बलात्कार गरेको भन्दै ४० पर्षकी एक महिलाले प्रहरीमा निवेदन दिएपछि शुक्रबार दिउँसो बगालेलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया