तीन नम्बर प्रदेशमा ४० अर्ब रुपैयाँको बजेट प्रस्तुत गरिँदै

 असार १, २०७५ शुक्रबार १३:५०:४२ | हरि हुमागाईं
unn.prixa.net

हेटौंडा – संघीय राजधानी समेत रहेको सबे भन्दा धेरै आयश्रोत रहेको तीन नंम्बर प्रदेशले आज दिउँसो तीन बजे प्रदेश सभाको बैठकमा ४० अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने भएको छ । प्रदेश–३ को प्रदेशसभा बैठकमा आज प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५÷०७६ का लागि विनियोजित बजेट सार्वजनिक गर्ने कार्यक्रम छ ।

प्रदेशमा सबभन्दा बढी यातायात कर, ढुंगा, गिट्टी र बालुवा कर, मनोरञ्जन कर, घरबहाल कर संकलन गर्ने लक्ष्य लिएका छौं ।

प्रदेश सरकारले सबभन्दा बढी महत्व दिएर हेटौंडा–काठमाडौं सुरुङमार्ग बनाउने तयारी गरेको छ । त्यसलाई बढी प्राथमिकतासाथ बजेट छुट्याइने मन्त्री ढुंगेलले बताउनुभयो । पाँचखाल–काठमाडौं सुरुङमार्गका लागि पनि प्रदेश सरकारले बजेट छुट्याउनेछ । बजेटमा प्रदेशका १३ वटै जिल्लामा ‘किसानको उत्पादन–किसानकै हातमा’ भन्ने नारासाथ कोल्डस्टोर निर्माण गर्ने सरकारी लक्ष्यसाथ बजेट छुट्याइने छ ।

तीन नंम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेशसभा बैठकमा विनियोजित बजेट पेश गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, हेटौंडाले जनाएको छ । 

आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेलले सरकारले प्रस्तुत गर्न लागेको आगामी आ व २०७५/०७६ को बजेटले प्रदेश अन्तर्गत १३ जिल्लामा मागबमोजिम राष्ट्रिय गौरवका आयोजना, गरिबी निवारण गर्ने लक्षित कार्यक्रम, ऊर्जा शक्ति उत्पादन गर्ने, कृषि उत्पादन प्रोत्साहन गर्ने र सामान्य नागरिकको जीवनस्तरमा आर्थिक सुधार ल्याउने कार्यक्रमलगायत बजारभाउ नियन्त्रण गर्ने खालका कार्यक्रम बजेटले समेट्ने बताइएको छ ।
 

अन्तिम अपडेट: चैत ३०, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया