स्पेन भर्सेस पोर्चुगल कि रियल मड्रिड भर्सेस रोनाल्डो ?

 असार १, २०७५ शुक्रबार १४:१४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

युरोपका दुई छिमेकी देश पोर्चुगल र स्पेन आज पहिलो तीन अंकका लागि आमने–सामने हुँदैछन् । युरोपेली च्याम्पियन पोर्चुगल र सन् २०१० को विश्वकप विजेता स्पेन सोचीमा रहेको फिस्ट ओलम्पिक स्टेडियममा नेपाली समय अनुसार राति पौने १२ बजे खेल्नेछन् ।

ड्यानी कार्भाहलको उपस्थितको अपेक्षा पूरा टिमले गरेको छ । च्याम्पियन्स लिगको फाइनलमा ह्यामस्ट्रिङमा चोट लागेपछि उनको विश्वकप शंकामा छ । स्पेन उसको पारम्पारिक ४–३–३ को फर्मेसनमा उत्रन सक्नेछ ।

विश्वकप छनोट प्रतियोगितामा १० मध्ये ९ खेल जितेको पोर्चुगलले ३२ गोल गरेको थियो । जसमा १५ गोल रोनाल्डोको नाममा दर्ता छ । छनोट चरणमा जुलिन लोपेटेगीको प्रशिक्षणमा रहेको स्पेनले कुनै पनि खेल गुमाएन । उसले नौ खेलमा जित र १ मा बराबरी खेलेको थियो । यस क्रममा स्पेनले ३६ गोल गरेको थियो । लोपेटेगीको प्रशिक्षणमा स्पेनले पछिल्लो २० खेलमा पराजय भोग्न परेको छैन ।

स्पेनिस फुटबल संघले बिना जानकारी रियल मड्रिडको प्रशिक्षकमा नियुक्त भएको भन्दै विश्वकप सुरु हुनु एक दिन अघि बर्खास्त गरेको थियो । यसको फाइदा फर्नान्डो सान्तोसको टोली पोर्चुगलले लिन सक्नेछ । युरो च्याम्पियनका रुपमा रुस पुगेको क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल राम्रो फर्ममा देखिएको छ । २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको स्पेन आफ्नो शाख फिर्ता ल्याउन निकै आतुर छ ।

स्पेनिस टिमका लागि एउटा राम्रो पक्ष भनेको रोनाल्डोको क्षमतासँगको परिचय हो । रियल मड्रिडका खेलाडीमात्र नभई अन्य खेलाडी पनि निक्कै राम्रोसँग परिचित छन् । रोनाल्डोको बलियो पक्ष र कमजोरी प्रतिको परिचयको फाइदा स्पेनिस टिमले उठाउन सक्नेछ । यस खेललाई पोर्चुगल भर्सेस स्पेन भन्दा पनि फुटबल विश्लेषकले ‘रोनाल्डो भर्सेस रियल मड्रिड’को संज्ञा दिएका छन् । अहिलेको स्पेनिस टोलीमा रियल मड्रिडबाट खेल्ने खेलाडीहरुमा कप्तान सर्जियो रामोस, इस्को, मार्को असेन्सियो, लुकास भाज्क्वेज तथा नाचो रहेका छन् । त्यस्तै बार्सिलोनाका जेरार्ड पिके, जोर्डी अल्बा, आन्द्रेस इनिएस्टा तथा सर्जियो बुस्क्वेस्ट्स रहेका छन् । 

ब्राजिलमा संघर्ष गरेको स्पेनले छनौट चरणमा भने सहज जित हात पार्दै रुसका लागि स्थान बनाएको थियो । पोर्चुगलको विश्वकपमा अहिले सम्मको उच्च सफलता भनेको १९६६ मा तेस्रो स्थान प्राप्त गर्नु हो ।
 
३४ वर्षीय आन्द्रेस इनिएस्टा, ३२ वर्षीय सर्जियो रामोस, डेविड सिल्भा, ३१ वर्षीय  जेरार्ड पिके,  र २९ वर्षीय  डिएगो कोस्टा स्पेनका प्रमुख खेलाडी हुन् । टिममा सवैभन्दा बढी उमेरका ३४ वर्षीय गोलकिपर पेपे रइना छन् । उनलाई अन्तराष्ट्रिय सञ्चारमाध्यमले  ग्रान्डफादर अफ् द स्पेनिस टिमको उपनाम समेत दिएका छन् ।

सबैभन्दा कान्छा २२ वर्षका मार्को एसेन्सियो छन् । पहिलो विश्वकप खेल्न लागेका एसेन्सियोलाई २०१० को नेदरल्यान्डसविरुद्धको फाइनल हेरेका सबैले राम्रोसँग चिन्छन् । जुनेल लोपेटेगीको प्रशिक्षणमा रहेको स्पेनको टिममा रियल मड्रिडबाट खेल्ने ६ जना र बार्सिलोनाका चार खेलाडी छन् । २३ सदस्यीय टोलीमा स्पेनभन्दा बाहिर खेल्ने जम्मा ६ खेलाडी समावेश छन् ।

हेड टू हेड

छिमेकी यी दुई देश पुराना प्रतिद्धन्दी हुन । तर विश्वकपमा भने यिनीहरुको भेट जम्मा एक पटक भएको छ । सन २०१० को विश्वकपको अन्तिम १६ मा स्पेनले पोर्चुगललाइ एक शून्य गोलले पराजित गरेको थियो । स्पेनका लागि ६३ औं मिनेटमा डेबिड भियाले निर्णायक गोल गरेका थिए ।
 
२०१० मा नै स्पेनले विश्वकपको पहिलो उपाधि जितेको थियो । सवै प्रतियोगितामा गरी दुई टिमले ३५ पटक प्रतिस्पर्धा गरेका छन । जसमा स्पेनले १६ र पोर्चुगलले ६ खेलमा जित हात पारेको छ । रुस विश्वकपका लागि स्पेनले निकै राम्रो तयारी गरेको थियो । युवा र अनुभवी खेलाडीको समिश्रणका कारण पूर्व च्याम्पियन स्पेनलाई अन्तिम समयमा प्रशिक्षक परिवर्तन हुँदा मानसिक असर हुने मनोचिकित्सकहरुको भनाई छ ।

प्लेयर्स टू वाच

रोनाल्डो– पोर्चुगल

पछिल्लो समय राम्रो लयमा रहेको पोर्चुगल एउटा खेलाडीमा निर्भर छ भन्दा गलत हुँदैन होला । रोनाल्डो प्रेरित पोर्चुगलले दुई वर्षअघि युरोपली च्याम्पियनसिपको उपाधि जितेको थियो । पोर्चुगललाई यो विश्वकपमा पु¥याउन रोनाल्डोको भूमिका निकै महत्वपूर्ण रह्यो । टिमले गरेको ३२ मध्ये १५ गोल रोनाल्डोले गरेका छन् । ड्रिबलिङ, द्रुत गति, हेडर सबै पक्षमा उनी निपूर्ण मानिन्छन् । आजको खेलमा पनि स्पेनिस टिमका लागि रोनाल्डो टाउको दुखाईको विषय बन्नेछन् ।

पोर्चुगलको टिममा सबैभन्दा अनुभवी खेलाडी पनि रोनाल्डो नै हुन् । ३३ वर्षे रोनाल्डोले टिमका लागि १५० खेलमा ८१ गोल गरिसकेका छन् । रोनाल्डो नै टिमका मुख्य हतियार हुन् ।

आन्द्रेस इनिएस्टा–स्पेन

सन् २०१० को विश्वकपको फाइनलमा हल्याण्डविरुद्ध गोल गर्दै इनिएस्टाले स्पेनलाई पहिलो उपाधि जिताएका थिए । आठ वर्षअघिका नायक अब अन्तर्राष्ट्रिय करिअरको उत्तरार्धमा छन् । उनका लागि यो विश्वकप निकै महत्वपूर्ण छ ।

सिर्जनशील मिडफिल्डर इनिएस्टाले देशका लागि १२७ खेलमा १३ गोल गरेका छन् ।

तुलनात्मक रुपमा कम अनुभवी स्ट्राइकरलाई इनिएस्टाको सहयोग एसिस्ट निकै महत्वपूर्ण रहन्छ । उनीसँग सर्जियो बुस्केट्स, कोके, डेभिड सिल्भा, मार्को असेन्सियो र इस्कोको कम्बिनेसन हेर्न लायकको हुनेछ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया