जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
कास्की - चर्चित बलिउड अभिनेत्री मनिषा कोइरालाको आत्मकथा ‘हिल्ड’ शनिबार पाेखरामा विमोचन भएको छ ।
शनिबारदेखि पोखरामा सुरु भएको सातौं साहित्य महोत्सवमा मनिषाको क्यान्सर संघर्ष र जीवनमा आएका उतारचढावबारे लेखिएको आत्मकथा राजेश हमाल, फाइनप्रिन्ट बूक्सका प्रकाशक निरज भारी, मनिषा कोइराला र उनकी आमा सुश्मा कोइरालाले संयुक्त रूपमा विमोचन गरेका हुन् ।
क्यान्सर र यसकाे निदानका बारेमा विभिन्न विषय समावेश गरिएकोे पुस्तक सबैका लागि उपयोगी हुने विश्वासका साथ आफूले पुस्तक लेख्नु परेको अभिनेत्री कोइरालाको भनाई छ ।
पुस्तकमा क्यान्सर रोग निदानका लागि आफूले कसरी शारीरिक, मानसिक तथा संवेगात्मक लडाईं लड्नु पर्यो भन्ने कुरा समेटिएको पनि अभिनेत्री कोइरालाले जानकारी दिइन् ।
अभिनेत्री कोइरालाले आफूले नै अन्तिम अवस्थामा मात्रै क्यान्सर भएको थाहा पाएको बताउदै नेपालमा क्यान्सरका बारेमा सचेतनामूलक कार्यक्रम अघि बढाउने बताइन् ।
मनिषाको आत्मकथाको अङ्ग्रेजी संस्करण पेन्गुइन इन्डियाले प्रकाशन गरेको हो । यसको नेपाली संस्करण फाइनप्रिन्ट बूक्सले छिट्टै नै बजारमा ल्याउने जानकारी दिएको छ।