पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज
बैशाख १३, २०८१ बिहिबार
बाँके – दाङमा शुक्रबार साँझ भएको दुर्घटनाका घाइते भएकामध्ये १२ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका अनुसार नेपालगञ्ज शिक्षण अस्पतालमा उपचार गराइरहेकामध्ये १२ जनालाई शनिबार हेलिकप्टरमार्फत काठमाडौं लगिएको हो । प्रहरी निरीक्षक मानबहादुर बिसीका अनुसार अब दाङ दुर्घटनाक घाइतेमध्ये नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्जमा दुईजना घाइतेको उपचार भइरहेको छ ।
दुर्घटनामा घाइते भएका १५ जनालाई उपचारका लागि नेपालगञ्ज ल्याइएकोमा एकजनाको उपचारकाक्रममा ज्यान गएको प्रहरीले जनाएको छ । दाङको घोराहीमा रहेको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी चढेको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो ।
सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन गरी फर्कंदै गर्दा तुलसीपुर–सल्यान सडकखण्डको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–३, राम्रीमा शुक्रबार साँझ बस दुर्घटना भएको थियो ।