इलाममा आगलागी, करिब १२ लाख रुपैयाँ बराबरको क्षति

 पुस ७, २०७५ शनिबार २०:३:५९ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलाममा आगलागी हुँदा करिब १२ लाख मूल्य बराबरको क्षति भएको छ । 

जिल्लाको रोङ गाउँपालिका वडा नम्बर–५ का राम बहादुर राईको घरमा शनिबार आगलागी हँुदा  बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । 

शनिबार बिहान करिब ११ बजे घरमा कोही नभएको समयमा बिजुलीको तार सर्ट भई आगलागी भएको थियो । आगलागीमा राईको फुसको छानो भएको एक तले घर, घर भित्र पार्किङ गरेर राखिएको एक थान मोटरसाईकल, अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको बताइएको छ । 

आगलागी सुरु भएको १ घण्टामा मात्र प्रहरी र स्थानीयबासीको सकृयतामा आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया