पिता सैफ अली खानको फिल्मको सिक्वेलमा सारा र कार्तिकको जोडी पक्का

 पुस ८, २०७५ आइतबार १३:२६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेता सैफ अली खान र दीपिका पादुकोण अभिनित सन् २००९ को सुपरहिट फिल्म ‘लभ आज कल’ को सिक्वेल बन्ने भएको छ । 

निर्देशक इम्तीयाज अलीले ‘लभ आज कल २’ मा अभिनेता कार्तिक आर्यनलाई साइन गरिसकेका छन् भने यस फिल्मको पहिलो पार्टमा मुख्य अभिनेताको भूमिका निर्वाह गरेका सैफ अली खानकी छोरी सारा अली खान मुख्य अभिनेत्रीको भूमिकामा देखिने छिन् । 

फिल्म ‘केदारनाथ’ बाट भर्खरै बलिउड डेब्यू गरेकी अभिनेत्री सारा अली खानले फिल्म ‘केदारनाथ’ को प्रमोशनको समयमा विभिन्न कार्यक्रममा आफूलाई कार्तिक आर्यनका साथ डेट गर्ने इच्छा रहेको बताउँदै आएकी थिइन् । र अहिले यी दुवैबीच सुरु भएको मित्रताका कारण सारा र कार्तिक बलिउडमा चर्चामा छाइरहेका छन् ।

साराको दोस्रो फिल्म ‘सिम्बा’ मा उनी रणवीर सिंहको जोडीको रुपमा छिन् । तिनै रणवीर सिंहले हालै सारा र कार्तिकलाई एक कार्यक्रममा भेटाएका थिए । 

उक्त भिडियोसमेत अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । यिनै खबरहरुबीच अहिले फेरि सारा अली खान र कार्तिक आर्यन फिल्म ‘लभ आज कल २’ मार्फत दर्शक माझ आउने खबर सार्वजनिक भएको छ । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया