भारतीय गायक मोहम्मद रफिको आज जन्मतिथि : उनको जिन्दगीसँग जोडिएका १० विशेष तथ्य

 पुस ९, २०७५ सोमबार १५:३५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

आज भारतीय सिनेमा जगतका महान गायक मोहम्मद रफिको जन्मदिन हो । उनको जन्म सन् १९२४ डिसेम्बर २४ मा अर्थात आजैका दिन पञ्जाबको कोटला सुल्तान सिंह गाउँमा भएको थियो । 

रफीको मृत्यु सन् १९८० जुलाई २१ मा हृदयघातका कारण भएको थियो । यस्ता छन् उनको जिन्दगीसँग जोडिएका १० विषेश कुराहरु : 

१.मोहम्मद रफि एकदमै मिजासिला र दयालु स्वभावका थिए । उनले कुनै पनि संगीतकारसँग गीत गाउनुभन्दा अगाडि आफूलाई कति पैसा दिइँदैछ भनेर कहिल्यै सोधेनन् । उनले कतिपय फिल्ममा पैसाविना वा १ रुपैयाँमात्रै लिएर गीत गाएका थिए ।

२. रफि र भारतीय गायिका लता मंगेसकरबीच गीतको रोयल्टी बारेको  विवादले रफि र भारतीय कलाकारबीच मनमुटाव नै भएको थियो । जसमा गीत गाइसकेपछि पनि गायकहरुलाई उक्त गितबाट भएको आम्दानीको थोरै अंश दिइनुपर्छ भन्ने लताको भनाई थियो तर रफी यस कुरामा सहमत भएनन् ।

रफिका अनुसार एकपल्ट गायक गायिकाले पैसा लिइसकेपछि फेरि पैसा लिनु पर्दैन । जुन कुरामा यी दुवै गायक गायिकाबीच लामो समयसम्म बोलचाल नै बन्द भएको थियो । 

लताले रफिसँग केही वर्ष गीत नै गाइनन् । पछि फिल्मका केही शुभचिन्तकहरुको आग्रहमा यी दुवैले फेरि सँगै गीत गाउन सुरु थाले । 

३. मोहम्मद रफिले आफ्नो अन्तिम गीत फिल्म ‘आस पास’ का लागि गाएका थिए । उनले लक्ष्मीकान्त प्यारेलालको लागि आफ्नो निधनको एकदिन अगाडि रेकर्ड गराएका थिए जुन गीतको बोल ‘शाम फिर क्यों उदास है दोस्त’ थियो । 

४. फिल्म ‘नील कमल’को बाबुलकी दुवाएं लेति जा’ बोलको गीत गाउने क्रममा रफिका आँखाबाट आँशु बगेका थिए । किनकि गीत गाउनुभन्दा अघिल्लो दिन उनकी छोरीको टिकोटालो भएको थियो । यसै गीतबाट  रफीले नेशनल अवार्ड प्राप्त गरेका थिए । 

५.हिन्दी सिनेमाको सुरुवाती चरणमा मुकेश र तलत मेहमूद मात्र चर्चित थिए । त्यतिबेला रफिलाई कसैले चिन्दैन थिए । तर फिल्म ‘बैजु बावरा’ मा नौशादले रफिलाई गीत गाउने मौका दिँदै त्यस फिल्मसँगै रफिको चर्चा हुने बताएका थिए जुन पछि सत्य सावित भयो । 

६.सन् १९७६ मा फिल्म ‘लैला मजनू’ बनिरहेको थियो । ऋषि कपूर आफ्ना लागि किशोर कुमारले नै गित गाउनु पर्छ भन्ने सोचमा थिए तर संगीतकार मदन मोहनले यो फिल्ममा मोहम्मद रफिले नै गीत गाउनु पर्ने नत्र फिल्म नै नगर्ने भनेपछि अन्त्यमा रफिले नै गीत गाएका थिए । पछि यो गीतको यति प्रशंसा भयो कि त्यसपछिका फिल्ममा ऋषि कपूरको आवाज रफि नै बनेका थिए । 

 

७.रफिले धुम्रपान कहिल्यै गरेनन् र उनी पार्टीहरुमा जान पनि मन पराउँदैनथे । उनी  घण्टौं गीत गाइसकेपछि चंगा उडाउन मन पराउथे । साथै उनलाई स्टाइलिस घडी र महंगा कारहरुको सौख थियो । 

८. रफिले ६ वटा फिल्मफेयर र एउटा नेशनल अवार्ड प्राप्त गरेका थिए ।  भारत सरकारले उनलाई पद्मश्री पुरस्कारले सम्मानित गरिएको थियो । 

९. रफिले भारतका १९ भाषाका साथै अंग्रेजी, स्पेनिस र डच भाषामा पनि गीत गाएका छन् । 

१० रफिले जीवनमा ५० हजारभन्दा बढी गीत गाएका छन् । उनका गीतमध्ये चौदहवीं का चांद हो, तेरी प्यारी प्यारी सूरत को, बाबुल की दुआएं लेती जा, चाहूंगा में तुझे,  बहारों फूल बरसाओ, दिल के झरोखे में,  क्या हुआ तेरा वादा बोलका गितबाट उनी पुरस्कृत भएका थिए ।


 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया