अज्ञात व्यक्तिकाे कुटाइबाट ससुराको मृत्यु, बुहारी घाइते

 पुस ९, २०७५ सोमबार १६:५४:५० | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बैतडी जिल्लाको सिगास गाँउपालिका–९, श्रीभावरमा बस्ने गर्ने ६० वर्षीय जसु बोहराको अज्ञात व्यक्तिको कुटाइबाट मृत्यु भएको छ । 

आइतबार राति मुखमा मुकुण्डो लगाएका अज्ञात व्यक्तिले ससुरालाई मारेको र आफ्नो टाउकोमा पनि चोट लागेको मृतककी बुहारी लक्ष्मी बोहराले जानकारी दिएको इलाका प्रहरी कार्यालय पाटनका निरीक्षक  गिन्द्र बहादुर बोगटीले जानकारी बताउनुभयो । 

स्थानीय बासिन्दाले राति ९ बजेसम्म मृतक बोहरा श्रीभावरको एउटा पसलमा टेलिभिजन हेरेर बसेका बताएका छन् । घटना राति ९ः३० बजेतिर घटेको बुझिन आएको इन्स्पेटर बोगटीले जानकारी दिनुभयो । 

गहुँबारीमा अज्ञात व्यक्तिको घडी र महिलाका चुरा फेला परेकोले अनुसन्धानका लागि घटनाकी प्रत्यक्षदर्शी मृतककी बुहारी मञ्जु बोहरालाई प्रहरी निगरानीमा राखेको बोगटीले बताउनु भएको छ ।

अन्तिम अपडेट: चैत २३, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया