विवाह मण्डपमै बेहुली कुटिइन्, पाँचजना पक्राउ

 पुस १०, २०७५ मंगलबार ९:०:३८ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – तेह्रथुममा विवाह भइरहेको बेला बेहुलीलाई कुटपिट गर्ने पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सोमबार राति साढे दश बजे विवाह भइरहेको फेदाप गाउँपालिका–३, जलजलेमा बेहुलीको घरमा स्थानीय युवाहरुको समूहले आक्रमण गरेको थियो । उनीहरुको कुटपिटबाट २२ वर्षीय बेहुली प्रतिक्षा सम्बाहाम्फे र अन्य ३ जना घाइते भएका छन् । 

प्रहरीले विवाहमा कुटपिट गर्ने वर्ष १९ का सरोज लिम्बु, वर्ष १४ का ओमन लिम्बु, वर्ष २१ का दिनेश लिम्बु, वर्ष १९ का सुदीप लिम्बु र वर्ष १७ का मन्दीप लिम्बुलाई नियन्त्रणमा लिएको छ ।

कुटपिटबाट घाइते भएकी बेहुलीको थप उपचारकालागि विराटनगर पठाइएको र अन्य घाइतेहरु बेहुलीका दाजु देउमान लिम्बु, सुमन खापुङ र टिकादेवी सम्बाहाम्फेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण गौतमले बताउनुभयो । 

जलजलेकी प्रतिक्षासँग पाँचथरको फाल्गुनन्द गाउँपालिका–१, नवमीडाँडाका सचिन आङदेम्बेसँग विवाह भइरहेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: चैत १, २०८०

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया