पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज
बैशाख १३, २०८१ बिहिबार
काठमाडौं – नेपाल टेलिकमले आजदेखि जीएसएम र सीडीएमए पोष्टपेड सिमका प्रयोगकर्तालाई आफ्नै मोबाइलबाट अन्तर्राष्ट्रिय फोन गर्ने सुविधा उपलब्ध गराएको छ ।
यसअघि नजिकका टेलिकम कार्यालयमा सम्पर्क राखेपछि मात्रै यो सुविधा पाइन्थ्यो । तर टेलिकमले आजदेखि टेलिकमका जुनसुकै उपभोक्ताले आफ्नै मोबाइलमा पिन नम्बर हानेर सस्तो रुपमा अन्तराष्ट्रिय फोन गर्न सक्ने सुविधा उपलब्ध गराएको हो ।
यसका लागि जीएसएम मोबाइलका प्रयोगकर्ताले चार वटा शून्य र सीडीएमए प्रयोगकर्ताले १२३४ डिफल्ट पिन नम्बर राख्नुपर्नेछ । त्यसपछि ह्यास ३३१ स्टार आफ्नो पिन नम्बर ह्यस डायल गरेर सस्तोमा अन्तराष्ट्रिय फोन गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।