प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
दाङ – पूर्व–पश्चिम राजमार्गमा लामो दूरीमा चल्ने बसका चालकको स्वास्थ्य जाँच गरिएको छ ।
सवारी दुर्घटना बढेपछि न्यूनिकरण गर्न बस चालकको प्रेसर र आँखा जाँच गरिएको हो । अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीको पहलमा लमही नगरपालिका, लमही अस्पताल, लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा चालकको स्वास्थ्य जाँच गरिएको हो ।
ट्राफिक प्रहरीले नै सवारी चालकको स्वास्थ्य जाँच गर्ने कार्यक्रम राखेपछि बस चालक खुशी भएका थिए । प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर ५ ले सवारी दुर्घटना न्यूनिकरण गर्न विशेष कार्यक्रम ल्याएको प्रहरी नायव उपरीक्षक पुष्पराज मल्ले बताउनुभयो ।
प्रदेश ५ का १२ जिल्लामा अहिले चालकलाई सवारी साधन चलाउँदा फोन बोक्न निषेध गरिएको छ । दाङमा सवारी दुर्घटना बढेपछि ट्राफिक प्रहरीले सचेतना कार्यक्रमलाई जोड दिएको छ ।
शिविरमा एक सयजना चालकको स्वास्थ्य जाँच गराएका थिए ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।