इलाम अस्पतालका कर्मचारी कुटपिटमा संलग्न दुईजना प्रकाउ

 पुस १०, २०७५ मंगलबार १९:५५:३१ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलाम अस्पतालमा कार्यरत कर्मचारीलाई कुटपिट गरेको आरोपमा मंगलबार दुईजनालाई पक्राउ गरिएको छ ।

माइजोगमाई गाउँपालिका वडा नम्बर ४ नामसालिङ्गका १९ वर्षका संग्राम भनिने सामन लिम्बू र इलाम नगरपालिका ९ का २२ वर्षका राजन राईलाई अस्पतालका कर्मचारी कुटपिट गरेको आरोपमा पक्राउ गरिएको हो ।

उनीहरुले रक्सी खाएर अस्पताल छिरेर कर्मचारीलाई कुटेको पाइएको प्रहरीले जनाएको छ । अस्पतालको इमर्जेन्सी शाखामा कार्यरत हेल्थ असिस्टेन्ट पृथ्वीनारायण ठाकुर, अहेब अशोककुमार शाह र कार्यालय सहयोगी मित्रभक्त पौडेललाई तीनजनाले कुटपिट गरेका थिए ।

रातको समय झण्डै १२ बजेको ड्युटीमा रहेका ठाकुर, शाह र पौडललाई बिना कारण उनीहरुले कुटपिट गरेको प्रहरीले जनाएको छ । सामान्य घाइते भएका तीनैजना उपचारपछि आ–आफ्नो काममा फर्केको अस्पतालले जनाएको छ । तीनै जनालाई मध्य रातमा कुटपिट गरिएको थियो । 


 

अन्तिम अपडेट: चैत २७, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया