डलरसहित विदेशी मुद्राको मूल्य स्थिर

 पुस ११, २०७५ बुधबार ९:३९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - बुधबार अमेरिकी डलरसहित धेरै विदेशी मुद्राको मूल्य स्थिर छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११२ रुपैयाँ ५२ पैसा तोकेको छ ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ८३ पैसा र बिक्रीदर २९ रुपैयाँ ९९ पैसा, कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ७४ पैसा र बिक्रीदर ३० रुपैयाँ ९९ पैसा तोकिएको छ ।

युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ४७ पैसा र बिक्रीदर ३० रुपैयाँ ६३ पैसा तथा मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७५ पैसा र बिक्रीदर २६ रुपैयाँ ८९ पैसा छ ।

कुवेती दिनार १ को खरिददर ३६८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७० रुपैयाँ ३३ पैसा तथा बहराइन दिनार १ को खरिददर २९६ रुपैयाँ ९२ पैसा र बिक्रीदर २९८ रुपैयाँ ५१ पैसा तोकिएको छ ।  

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया