सुरक्षित आवास गृहबाट २ वर्षमा ९९ जना हिंसा पीडित महिलाले लिए सेवा

 पुस ११, २०७५ बुधबार १२:२७:५२ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीमा गएको दुई वर्षको अवधिमा महिला सुरक्षित आवास गृहबाट ९९ जना हिंसा पीडित महिलाले सेवा लिएका छन् ।

विभिन्न किसीमका हिंसामा परेका महिलाहरुलाई सहयोग पुर्याउने उद्देश्यले २०७३ सालदेखि बैतडीको पाटनमा सञ्चालित महिला सुरक्षित आवास गृहमा २०७३ मंसिरदेखि अहिलेसम्म ९९ जना हिंसा पीडित महिलाले सेवा लिएको परोपकार ग्रामिण विकासका संघका अध्यक्ष जानकी अवस्थीले जानकारी दिनुभयो ।

महिला सुरक्षित आवास गृह व्यवस्थापन गरिरहेको संस्था परोपकार ग्रामिण विकास संघको वार्षिक समीक्षा गोष्ठीमा सो कुराको  जानकारी दिइएको हो । महिला सुरक्षित आवास गृहमा सेवा लिन आएका महिलामध्ये अधिकांश बहुविवाहका कारण हिंसामा परेको देखिएको छ भने मुख्य कारण बालविवाह रहेको परोपकार ग्रामिण विकास संघका कार्यक्रम संयोजक लोकेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।

सानो उमेरका विवाह गरेका कारण पुरुषले बहुविवाह गर्ने र त्यसपछि उनीहरुलाई घरमा बस्ने वातावरण नहुँदा हिंसामा पर्ने गरेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिनुभयो ।

सानो उमेरमा विवाह गरेका पुरुषहरु रोजगारी र पढाईको सिलसिलामा बाहिर जाने र उतैबाट अर्काे बिहे गरेर ल्याएपछि महिलाहरुले दुःख पाउने गरेको उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत ८, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया