नदी थुनेर निमार्ण गरिएका सबै कल्भर्ट हटाइने

 पुस ११, २०७५ बुधबार १३:३८:१२ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – बगिरहेको नदीलाई बालुवा व्यवसायीहरुले ठाउँ–ठाउँमा थुन्ने र हिमपाइप हालेर नदीको धार परिर्वतन गर्ने कामले रामेछापमा तीव्रता पाएको छ ।

प्रशासन कार्यालयको अनुमति बेगर बगिरहेको नदीको बहाव नै परिर्वतन गरी तामाकोशी र सुनकोशी नदी थुन्ने, हिमपाइप राखी नदी पारीको वालुवा चोरी निकासी गर्ने जस्ता कामहरु बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले निगरानी बढाएको छ । यसअघि नदीमा राखिएका सबै हिमपाइपहरु हटाउने अभियानमा आफूहरु लागेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक अमरेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

उनले भने, ‘कानुन त कुनै पनि नदीको धार परिर्वतन गर्न पाइँदैन । न त आफूखुशी नदीमा हिमपाइप नै राख्न पाइन्छ । अहिले कोशी नदी किनारमा सुनकोशी नदी र तामाकोशी नदीमा धेरै स्थानमा बालुवा प्रशोधन केन्द्र खोल्ने होडबाजी चलेसँगै नदीको बहाव परिर्वतन गरेको गुनासो आएपछि ती सबै स्थानको अनुगमन गरी कोशीमा राखिएको हिमपाइप हटाउने अभियानमा लागेको पनि उपरीक्षक सिंहले बताउनुभयो ।

अहिले रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर १ अन्तर्गत कोथवे, वेलघारी लगायतका स्थानमा हिमपाइप राखिएको छ । कोशी किनारमा बालुवा प्रशोधन केन्द्र राखेसँगै जहाँ–जहाँ वालुवा र रोडा धेरै मात्रामा छ, त्यही स्थानमा व्यवसायीहरुले कोशी थुन्ने र हिमपाइप राख्ने काम गर्दै आएका छन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया