आगलागीबाट ६० लाखको क्षति

 पुस ११, २०७५ बुधबार १४:२२:९ | दीपक भट्ट
unn.prixa.net

फाइल तस्बिर

रामेछाप – रामेछाप नगरपालिका वडा नम्बर–८, माथिल्लो बजारमा बुधबार बिहान लागेको आँगलागीबाट ६० लाख रुपैयाँ बराबरको सामाग्री जलेर नष्ट भएको छ ।

आगलागीबाट रामेछाप नगरपालिका वडा नम्बर ७ मा रहेको छतिवने खानेपानी उपभोक्ता समितिले पाइप खरिद गरी ल्याएको झण्डै ६० लाख मूल्य बराबरको पीपीआर पाइप जलेर नष्ट भएको छ ।

त्यसैगरी आगलागीबाट रामेछाप बजारको टेलिफोनको मुख्य लाइन तार र विद्युतको तार समेत जलेर नष्ट भएपछि रामेछापमा बुधबार बिहानदेखि विद्युत सेवा अवरुद्ध हुन पुगेको छ भने ल्यान्डलाइन टेलिफोन समेत ठप्प भएको छ ।

पुरानो सदरमुकाम रामेछापको माथिल्लो बजारस्थित छतिवने खानेपानी उपभोक्ता समितिले स्टोर गरी राखेको ठाउँमा आगलागी भएको थियो । आगलागी के कसरी लागेको हो भन्ने खुल्न सकेको छैन् । 

स्टोरमा अकस्मात आगलागी भएपछि नेपाली सेना, नेपाल प्रहरी र स्थानिय नागरिकहरुको सहयोगमा आगो नियन्त्रणमा लिएको रामेछाप नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष केदार कार्कीले जानकारी दिनुभयो । 
    
    
 

अन्तिम अपडेट: चैत १४, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया