चितुवाको आक्रमणबाट महिला घाइते

 पुस ११, २०७५ बुधबार १८:८:२३ | जयराज अवस्थी
unn.prixa.net

फाइल तस्बिर

बैतडी – बैतडीको तल्लो स्वराडमा चितुवाको आक्रमणबाट बुधबार एक महिला घाइते भएकी छन् । घाइते हुनेमा शिवनाथ गाउँपालिका ६ ओखेडानीकी ४८ वर्षीया हिउकला धनाडी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख ग्रिन्द्रबहादुर बोगटीले जानकारी दिनुभयो ।

बुधबार दिउँसो ओल्या ओखेडानीमा बनको आखेडानी खोलामा घाँसदाउरा काट्न गएका बेला धनाडीलाई चितुवाले आक्रमण गरेको हो । घाइते धनाडीको मुखमा, दाँया–बाँया कुममा घाउ रहेको र धनाडीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

चितुवाले २०६८ साल यता तल्लो स्वराड क्षेत्रमा २३ जनाको ज्यान लिइसकेको छ । प्रशासनले धेरैपटक चितुवा मार्नका लागि तल्लो स्वराडमा प्रहरी र वन रक्षकको टोली पठाएको भए पनि चितुवा फेला पार्न नसकी फर्किने गरेको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया