मोरक्काेले दिएको उपहार गोलले विश्वकपमा इरानको ऐतिहासिक जित

 असार २, २०७५ शनिबार ७:२४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप फुटबलमा इरानले २० वर्षपछि पहिलो खेल जितेको छ । इरानले सन् १९९८ यता विश्वकपमा पहिलो पटक जित हात पारेको हो ।

इरानलाई विश्वकप फुटबलको इतिहासमा दोश्रो खेल जिताउन मोरक्कोका अजिज बोहादोजको आत्मघाती गोल गरेका थिए ।     

दोश्रो हाफको इन्जुरी समयमा इरानले पाएको फ्रिकिकलाई जोगाउने क्रममा अजिजले गरेको हेड गोलमा परिणात भएको थियो । यो जारी विश्वकपमा भएको पहिलो आत्मघाती गोल हो । बोहादोज कुनै प्रेसरमा थिएनन् र उनले त्यो बल सहजै क्लियर गर्न सक्ने अवस्थामा थिए तर कुनै इरानी खेलाडीले हेड गरेझैँ उनले बल आफ्नै पोस्टमा छिराए । 

मोरक्ककोका प्रशिक्षक हेर्बे रेनार्डले आफ्नो टिमले गरेको गल्तीको मूल्य चुकाएको प्रतिक्रिया दिएका छन् । रेनार्ड भन्छन्, ‘यदि तिमीले गल्ती गर्यौ भने त्यसको मूल्य चुकाउनै पर्छ । फुटबलमा कहिलेकाहीँ कसरी नहार्ने भन्ने कुराको ज्ञान हुनु जरुरी हुन्छ ।’

यसअघि मोरक्कोका थुप्रै प्रयासलाई इरानी गोलकिपर अलिरेजा बेर्नाभेन्डले बचाएका थिए । 

समूह बीमा इरान ३ अंकसहित शीर्ष स्थानमा रहेको छ । पोर्चुगल र स्पेनले भने बराबरी खेल्दै एक–एक अंक बटुलेका छन् । आठ वटा समूहमा विभाजित हरेका समूहका शीर्ष दुई टोली अन्तिम १६ मा पुग्नेछन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया