अस्थायी शिक्षकको शैक्षिक हडताल, प्रदेश २ का सामुदायिक विद्यालयको पठनपाठन ठप्प

 पुस १२, २०७५ बिहिबार १०:३७:५१ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – अस्थायी शिक्षकलाई विस्थापित गर्न लागेको भन्दै नेपाल शिक्षक महासंघले आह्वान गरेको दुई दिने शैक्षिक हड्तालका कारण दोस्रो दिन पनि सप्तरीलगायत प्रदेश २ का सम्पूर्ण सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ ।

अस्थायी शिक्षकको माँग प्रति ऐक्यबद्धता जनाउँदै महासंघको आह्वानमा प्रदेश २ मा बुधबार र बिहीबार दुई दिने शैक्षिक हडताल कार्यक्रमको घोषणा गरिएको हो । 

हडतालको पहिलो दिन जिल्लाका सम्पूर्ण ४ सय २८ सामुदायिक विद्यालयको पठन पाठन ठप्प हुँदा एक लाख २५ हजार बढी विद्यार्थीको पढाइ प्रभावित भएको छ । 

संघका सचिव विश्वनाथ भदेसवार यादवले विभेदकारी परीक्षा लिई वर्षौँदेखी काम गर्दै आइरहेका अस्थायी शिक्षकहरुलाई हटाउने प्रपञ्च रचेको विरुद्ध आन्दोलन स्वरुप शैक्षिक हड्तालमा उत्रेको बताउनुभयो ।

शैक्षिक हड्तालका कारण प्रदेश २ अन्य ७ वटै जिल्लामा पनि विद्यालय बन्द भएको अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका संयोजक सुरेशकुमार यादवले जानकारी दिनुभयो । 

शिक्षक सेवा आयोगको गएको असार २९ र ३० गते सम्पन्न आन्तरिक परीक्षामा सामेल भएकामध्ये असफल भएका शिक्षकहरुलाई पनि विस्थापित गर्न नपाइने भन्दै आन्दोलन सुरु भएको हो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया