भागेर हुन लागेको बाल विवाह वडा अध्यक्षको पहलमा रोकियो

 पुस १२, २०७५ बिहिबार १८:२२:३३ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – सल्यानमा बिहीबार हुन लागेको बाल विवाह रोकिएको छ । घरबाट भागेर हुन लागेको बाल विवाह वडा अध्यक्षको पहलमा रोकिएको हो । 

जिल्लाको शारदा नगरपालिका–११ का १६ वर्षीय किशोर र त्यसै नगरपालिका–१० बस्ने १४ वर्षीया किशोरीले भागेर गर्न लागेको विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

महेन्द्र रत्न माविमा कक्षा ९ मा अध्ययनरत बालक र बालिका एक साताअघि बिहे गर्न भनि घरबाट भागेको र दुबैलाई बालकको घरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी प्रहरीको रोहवरमा अभिभावकको जिम्मा लगाइएको वडा नम्बर–११का वडा अध्यक्ष रामसिं बुढाथोकीले बताउनुभयो । 

पढ्ने लेख्ने उमेरमा बिहे गर्दा हुने बेफाइदाका बारेमा जानकारी गराएर किशोरीलाई अभिभावकको जिम्मा लगाएको वडा अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत २९, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया